उपत्यकामा १०१७ सहित देशभर थप १५५१ मा कोरोना पुष्टि, थप २३४० डिस्चार्ज (पूर्ण विवरणसहित)

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १०१७ सहित देशभर थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ७८३, भक्तपुरका ११६ र ललितपुरका ११८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज २३४० जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ६७ हजार ५४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया