उपत्यकामा १५३१ सहित देशभर थप २४४० मा कोरोना पुष्टि, थप १९ को मृत्यु ११३३ जना डिस्चार्ज (विवरणसहित)

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १५३१ सहित देशभर थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ११७८, भक्तपुरका १०३ र ललितपुरका २५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ११३३ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ६५ हजार २०२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५५४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया