सर्वोच्चका न्यायाधीशसहित कर्मचारीमा कोरोना संक्रमण भेटियो, इजलास बन्द

news-details

सर्वोच्च अदालतका न्यायाधीशसहित केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज तोकिएका सबै इजलास स्थगित भएका छन ।

अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना देखिएको र उनीहरु आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

अदालतमा कति जनालाई सक्रमण देखियो भन्ने जानकारी भने दिइएको छैन् ।

कोरोना देखिएपछि सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । ढकालका अनुसार एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया