रानीपोखरी भित्र बालगोपालेश्वर मन्दिरमा राखियो गजुर

news-details

रानीपोखरीको बीच भागमा निर्माण गरिएको बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएको रानीपोखरी र उक्त मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै आज गजुर राखिएको हो । योसँगै अब रानी पोखरीको समग्र निर्माण अन्तिम चरणमा पुगेको बताइएका छ ।

केही दिनअघि मात्र रानीपोखरीमा पानी भरिएको थियो । बिहीबार रानीपोखरीमा रहेको मन्दिरको शीरमा गजुर स्थापना गरिएको हो । गजुर स्थापनाअघि धार्मिक विधिअनुसार पूजा गरी गजुरलाई स्थापना गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया