उपत्यकामा ९०२ सहित देशभर थप १५५९ मा कोरोना पुष्टि, थप १०५७ डिस्चार्ज (जिल्लागत विवरणसहित)

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ९०२ सहित देशभर थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १०५७ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ५६ हजार ४२८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया