उपत्यकाका ८०९ सहित देशभर थप १५७३ जनामा कोरोना पुष्टि, एकैदिन ८८५ डिस्चार्ज (विवरणसहित)

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ८०९ सहित देशभर थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ६३३, भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ८८५ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ५३ हजार ८९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७७ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया