प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
- अशोज ११, २०७७
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन । प्रधानमन्त्रीले बोलाएको बैठक नियमित भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रायः सोमबार मन्त्रिपरिषद बैठक बस्ने तालिका भएपनि आवश्यक परेका बेला जहिले पनि बस्न सक्ने हुनाले आजको बैठक प्रधानमन्त्रीले बोलाएको प्रेस सल्लाहकार थापाले बताए । आजको बैठकबारेको कार्यसूची बारे आफूलाई जानकारी नभएको उनले बताए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा एसिड आक्रमण कसुर सम्बन्धी विधेयक र बाढी पहिरोले पारेको समस्या र समाधानका बारेमा छलफल हुनसक्ने बताइएको छ ।
सम्बन्धित शीर्षकहरु










