२५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
- अशोज ७, २०७७
- 0
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित भए व्यवस्थापन गर्न गाह्रो हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।
नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन चार महिनापछि गएको साउनमा अन्त्य भएको थियो । त्यसपछि पनि असोज पहिलो सातादेखि उपत्यकासहित कतिपय जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।
मन्त्रालयले अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क खडा गर्न दरबन्दी व्यवस्थापन गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







