पोखरीमा डुबेर मोरङमा तीनजनाको मृत्यु
- अशोज ५, २०७७
- 0
मोरङको ग्रामथान गाउँपालिका–४ मा पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्य भएको छ । प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो ।
आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मानबहादुर राई जानकारी दिए ।
प्रहरीका अनुसार सीता आमा हुन भने पवित्रा र कृतिका दुबै छोरी हुन् । छोरीहरु माछालाई चारो हाल्न गएका र दुवै जना पोखरीमा पौडी खेल्न पसेर डुबेको थाहा पाएपछि निकाल्न जाँदा आमा सीताको पनि मृत्यु भएको ग्रामथाम गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिए ।
हिजो साझँसम्म पनि उनीहरु घरमा फेला नपरेपछि परिवारका अन्य सदस्य खोजी गर्ने क्रममा पोखरीभित्र शव फेला परेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







