नेकपा सचिवालयको बैठक पेरिसडाँडा कोटेश्वरमा बस्दै
- अशोज ४, २०७७
- 0
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले ११ बजे बस्दैछ ।
तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनको कामबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो ।
यसअघि भदौ २९ गते अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले असोज मसान्तभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता गर्नुभएको थियो ।
यसअघि गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आजका लागि सारिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







