बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत
- अशोज १, २०७७
- 0
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनीत भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद बैठकको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन ।
तीन दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
नवनियुक्त राष्ट्रियसभा सदस्य गौतमको शपथ बिहीबार अपरान्ह ४ बजे सिंहदरवारमा तय भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई शपथ खुवाउनेछन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








