सिन्धुपाल्चोक बाढी पहिरो : दुई महिनामा ७४ को मृत्यु, ४१ बेपत्ता
- भदौ ३०, २०७७
- 0
निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।
आइतबार बाह्रबिसे नगरपालिका सातमा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ । १७ बेपत्ता अझै बेपत्ता छन । असार २४ गते बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा गएको पहिरोमा बेपत्ता १७ जनाको शव अझै फेला परेको छैन ।
साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका दुई जना अझै फेला परेका छैनन् । पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्णरूपमा क्षति भएका छन् ।
यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् । दुई हजार भन्दा बढी परिवार स्थानान्तरण गर्नुपर्ने देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







