वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा सिफारिस
- भदौ २९, २०७७
- 0
सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले गौतमलाई मनोनीत गर्न राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको हो ।
दुई वर्षे गोलाप्रथाका कारण राष्ट्रपतिबाट मनोनीत डा युवराज खतिवडाको पदावधि पूरा भएपछि रिक्त सदस्यमा गौतमलाई सिफारिस गरिएको हो । दोस्रोपटक सिफारिस नभएपछि डा खतिवडाले अर्थमन्त्रीबाट गएको २० गते नै राजीनामा दिइसकेका छन ।
गत प्रतिनिधि सभा निर्वाचनमा गौतम कांग्रेसका सञ्जय गौतमसँग बर्दिया– १ बाट ७५३ मतले पराजित भएका थिए ।
गौतम यसअघि २०४८, २०५१ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनी तीन पटक उपप्रधानसहित गृहमन्त्री भइसकेका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







