सिन्धुपाल्चोक पहिरो अपडेट : ८ जनाको शव प्राप्त, २३ जना सम्पर्कविहिन
- भदौ २८, २०७७
- 0
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ को भिरखर्कको नागपुजेमा पहिरो जाँदा १३ घर पुरिएको छ । पहिरोमा पुरिएर हराइरहेका मध्ये ८ जनाको पहिरोले पुरिएर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
अविरल बर्षापछि आज बिहान गएको पहिरोले घरहरु पुरिंदा २४ जना सम्पर्कविहिन भएका छन् । घटनास्थल बाह्रबिसेदेखि १७ किलोमिटर उत्तरतर्फ पर्दछ ।
रातभर पानी परिरहेकोले घटनास्थलसम्म पुग्ने बाटोका अन्य स्थानमा समेत साना पहिरो फरेको र बाटो बिगारेकोले घटनास्थलसम्म पुग्न कठिनाइ भएको स्थानीयले बताएका छन् ।
पहिरो गएको स्थानमा उद्धारका लागि प्रहरीसहितको उद्धार टोली घटनास्थलतर्फ पुगिसकेको छ भने पहिरोमा परेर घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था र काठमाडौंमा लगिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







