काठमाडौ उपत्यकाका ४६४ सहित देशभर थप १०८१ मा कोरोना संक्रमण भेटियो, एकैदिन ९१८ डिस्चार्ज

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ३९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ९१८ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ३३ हजार ८८२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया