काठमाडौ उपत्यकाका ४५४ सहित देशभर थप १३५९ मा कोरोना संक्रमण भेटियो, एकैदिन १३५४ डिस्चार्ज र थप १४ को मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ४५४ सहित देशभर थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ३८६, भक्तपुरका ३६ र ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १ हजार ३५४ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या २५ हजार ५६१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौकी ३ महिला, चितवनकी १ महिला, सप्तरीका २ पुरुष, रुपन्देहीका १ पुरुष, धनुषाका १ पुरुष, कास्कीका १ पुरुष, नवलपरासीका १ पुरुष, प्युठानका १ पुरुष, पाल्पाका १ पुरुष र सुर्खेतका १ पुरुष गरी १४ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि २७१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया