वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय, अर्थमन्त्री खतिवडा बाहिरिनुपर्ने
- भदौ १८, २०७७
- 0
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ढनेकपा०को सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजाने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त राष्ट्रियसभा सदस्य पदमा सरकारकातर्फबाट राष्ट्रपति समक्ष सिफारिस गर्ने जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।
साथै बैठकमा देशमा कोरोनाको संकटबारे छलफल तथा बाढी पहिरोमा भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बामदेब गौतमलाई राष्टिय सभामा लैजाने निर्णाय भएसँगै डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरिनुपर्ने भएको छ । खतिवडाको कार्यकाल यही भदौ २० गते समाप्त हुदैछ ।
यसअघि राष्ट्रिय सभामा सदस्य रहेका खतिवडाको कार्यकाल गत फागुनमै सकिएपनि संबैधानिक प्रावधान अनुसार छ महिना पदमा रहन पाउने व्यवस्था बमोजिम उनी हालसम्म मन्त्री पदमा कायम रहेका थिए । राष्ट्रियसभामा पुन : मनोनित हुन नपाएसँगै उनी पदबाट बाहिरिनुपर्ने भएको हो ।










