काठमाडौ उपत्यकाका ४४५ सहित देशभर थप १२२८ जनामा कोरोना संक्रमण भेटियो,थप ६ को मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ४४५ सहित देशभर थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ४२ हजार ८७७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ३५७, भक्तपुरका ४२ र ललितपुरका ४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ९१७ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या २४ हजार २०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीका १ पुरुष र १ महिला, चितवनकी १ महिला, भक्तपुरकी १ महिला, तनहुकी १ महिला र सिन्धुपाल्चोकका १ पुरुष र गरी ६ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि २५७ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया