काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केहि खुकुलो बनाउदै थप एक हप्ता लम्बियो, हेर्नुहोस के गर्न पाइन्छ र के पाइदैन ? (सूचनासहित)
- भदौ १७, २०७७
- 0
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ ।
आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञा भदौ २४ सम्म लागू हुनेगरी केहि खुकुलो बनाउदै १ हप्ता थप्ने निर्णय गरेको हो ।
यसअघि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योगी व्यवसायी तथा स्थानिय निकाय र सुरक्षाकर्मीसहितको बैठकमा उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका तर स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका थिए ।
सरकारले भदौ ३ गते जारी गरेको निषेधाज्ञा भदौ १० सम्म कामय गरिएकोमा पुनः सात दिनलाई थप गरी आज राति १२ बजे सम्मका लागि कायम गरिएको थियो । अब निशेधाज्ञा भदौ २४ मध्यरातीसम्म जारी रहने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











