काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी ४२९ सहित देशभर थप १२२१ मा कोरोना संक्रमण भेटियो, थप १४ को मृत्यु पुष्टि
- भदौ १४, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ४२९ सहित देशभर थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३७ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित भेटिएका हुन । उपत्यकाको काठमाडौका ३७२, भक्तपुरका ४५ र ललितपुरका १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज २६७ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि २० हजार ८२२५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा सुनसरीकी १ महिला र १ पुरुष, महोत्तरीकी १ महिला र २ पुरुष, वाराकी १ महिला, काठमाडौकी १ महिला, मोरङकी १ महिला, रौतहटका १ पुरुष, ललितपुरका १ पुरुष, भक्तपुरका १ पुरुष, नवलपरासीका १ पुरुष र रुपन्देहीका २ पुरुष गरी १४ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि २२१ पुगेको छ ।










