काठमाडौ उपत्यकाका १८६ सहित देशभर थप ८८४ मा कोरोना संक्रमण भेटियो, थप १२ को मृत्यु पुष्टि
- भदौ १३, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १८६ सहित देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका १५५, भक्तपुरका १२ र ललितपुरका १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज ३१३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि २० हजार ५५५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौका १ पुरुष र १ महिला, भक्तपुरका १ पुरुष र १ महिला, ललितपुरका २ पुरुष, पाल्पाकी १ महिला, पर्साका २ पुरुष, सिरहाका १ पुरुष, गोरखाका १ पुरुष र कास्कीका १ पुरुष गरी १२ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि २०७ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







