कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै १० जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

शुक्रबार साझयता वीरगञ्जमा १ पुरुष र २ महिला, धरानमा १ पुरुष, ललितपुरमा २ महिला, चितवनमा १ महिला, कास्कीमा १ पुरुष, गोरखामा १ पुरुष र पाल्पामा १ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।

वीरगञ्जमा मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहाको भदैया–६ बस्ने ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै पाटन अस्पताल ललितपुरमा काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा। रवि शाक्यले जानकारी दिए ।

चितवन मेडिकल कलेजमा बारा निजगढ ७ की ७१ वर्षीया महिलाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो । स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकीती महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो । उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका १४ काजीपोखरीका ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा शनिबार बिहान करिब ११ बजे मृत्यु भएको हो ।

यस्तै चितवनको भरतपुर अस्पतालमा उपचारार्थ गोरखाको गोरखा नगरपालिका १३ का ३८ वर्षीय पुरुषको उपचाचरकै क्रममा शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

यस्तै लुम्बिनी मेडिकल कलेजको आइसोलेशन कक्षमा उपचारत तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षीया महिलाको उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हो । उनलाई भदौ ७ गते कोरना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया