काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी ३०१ सहित देशभर थप ८८५ जनामा कोरोना संक्रमण भेटियो, थप ११ को मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ३०१ सहित देशभर थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित भेटिएका हुन । उपत्यकाको काठमाडौका २३०, भक्तपुरका २४ र ललितपुरका ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ३८५ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि १९ हजार ४०५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मोरङकी १ महिला, भक्तपुरकी एक महिला, कैलालीका २ पुरुष, महोत्तरीका ३ पुरुष, बाकेका १ पुरुष, काठमाडौका एक पुरुष, काठमाडौका १ पुरुष र बाराका २ पुरुष गरी ११ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि १७५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया