अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी खुला गर्ने सरकारको निर्णय

news-details

सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुका लागि आवश्यक ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने भएको छ ।

शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नो अब्जेक्सन लेटर (एनओसी) दिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि गत चैतदेखि जारी लकडाउनमा सरकारले एनओसी बन्द गरेको थियो ।

अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया