नेपालमा अझै खराब समय आउन सक्छ : विश्व स्वास्थ्य संगठन
- भदौ ९, २०७७
- 0
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरले नेपालमा अझै केही समय कोरोना भाइरसको संक्रमण बढ्ने बताएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमत कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले राखेको जिज्ञासामा डा भ्यान्देलियरले नेपालमा संक्रमणको सुरुवात मात्रै भएकाले अझै केसहरु बढ्ने बताउनु भएको हो ।
आगामी हप्ता तथा महिनामा अझै धेरै केसहरु र खराब परिस्थितिको सामना गर्नुपर्ने भन्दै यो सुरुवाती मात्र भएको तर अत्तिहाल्नुपर्ने अवस्था भने आइसकेको डा जोस भ्यान्देलियरको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







