पर्सा र चितवनमा थप तीनजना कोरोना संक्रमितको मृत्यु
- भदौ ६, २०७७
- 0
आज पर्सा र चितवनमा गरी तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको गएराती र आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
प्रशासन कार्यालयका अनुसार दुवै जनाको वीरगञ्ज हेल्थ केयर ९नारायणी कोभिड अस्पताल० मा मृत्यु भएको हो । ५८ वर्षीय पुरुषको भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।
चितवनस्थित पुरानो मेडिकल कलेजमा पनि गएराती हेटौंडाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ । उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती मृत्यु भएको हो ।
अस्पताल आउनासाथ कोरोना संक्रमण भए-नभएको थाहा पाउन उनको स्वाब नमूना निकालिएको थियो । मृत्यु भएपछि मात्रै सो स्वाब नमूना परीक्षणको रिपोर्ट आएको हो ।
उनको स्वाब परीक्षणका लागि चितवन मेडिकल कलेजमा पठाइएकोमा कोरोना संक्रमण नेगेटिभ देखिएपनि शंका लागेपछि पुन : भरतपुर कोभिड ल्याबमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।










