काठमाडौ उपत्यकाका १८२ सहित देशभर थप ८३८ मा कोरोना संक्रमण भेटियो, एकैदिन ११ को मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १८२ सहित देशभर थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाका काठमाडौका १४२, भक्तपुरका १५ र लतिलपुरका २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज २५० जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि १८ हजार २१४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० पुरुष र १ महिला गरी ११ जनाको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौ, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १९१ जनाको कोरोनाका कारण निधन भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३७ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया