काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी १७२ संक्रमित भेटिए, देशभर थप ६४१ मा कोरोना पुष्टि

news-details

काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी १७२ संक्रमित भेटिए, देशभर थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १७२ सहित देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १२६, भक्तपुरका ८ र ललितपुरका ३८ जनामा संक्रमण भेटिएको मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएको र आजसम्म निको हुनेको संख्या पनि १७ हजार ३३५ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पर्सा र मोरङमा १ १ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया