भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित ३ चिकित्सकमा कोरोना सङ्क्रमण

news-details

चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीसहित तीन जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिएका छन ।

आइतबार विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा अधिकारीले मेसुसहित प्रसूति विभागका प्रमुख डा सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताएका छन ।

यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ ।

अस्प्तालका अध्यक्ष डा अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई अस्पतालकै छुट्टै क्याबिनमा राखिएको बताए । डा तिवारी कोरोना संक्रमितका बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटदै आएका थिए ।

थप २८ जनामा कोरोना संक्रमण

यसै बीच चितवन जिल्लामा एकै दिन २८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति १२ बजेसम्म गरिएको गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया