काठमाडौ उपत्यकाका ९८ सहित देशभर थप ४६८ मा कोरोना संक्रमण पुष्टि, मृत्यु हुने १०२ पुगे

news-details

पछिल्लो चौबीस घण्टामा काठमाडौ उपत्यकाका ९८ सहित देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याृसँगै नेपालमा सङ्क्रमितको कुल संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाका काठमाडौका ८० , भक्तपुरका ९ र ललितपुरका ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयद्धारा जारी पत्रकार सम्मेलनमा बताइएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका र हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कपिलबस्तुका १ पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा, पर्साका १ बृद्धको नारायणी अस्पताल गण्डकमा र धनुषाका १ पुरुषको कोरोनाका कारण निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १०२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया