त्रिवि शिक्षण अस्पतालका डाक्टर र नर्समा कोरोना भेटियो, आकस्मिक विभाग सिल

news-details

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण भेटिएको छ ।

आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुई जना डाक्टरलाई कोरोना भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए । उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक विभाग बुधबार नै सिल गरिएको छ।

आकस्मिक विभागमा रहेका कर्मचारीको बिहीबार पिसीआर परीक्षण गरिने र अन्यलाई कोरोना भए नभएको यकिन नभएसम्म आकस्मिक विभाग बन्द रहने दासले बताए । अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु रहेको डा दासको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया