काठमाडौं उपत्यकाका ९२ सहित देशभर थप ३८० जनामा कोराना संक्रमण, थप २ जनाको मृत्यु पुष्टि
- साउन २५, २०७७
- 0
पछिल्ल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ९० सहित देशभर थप ३८० जनामा कोराना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २२ हजार ९७२ पुगेको र सक्रिय संक्रमित ६ हजार ५४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थपिएका संक्रमितमध्ये उपत्यकाको काठमाडौंका ९० जना र ललितपुरका २ जना रहेका छन् ।
यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ४० रहेसँगै निको हुनेको कुल संख्या पनि १६ हजार ३५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
थप दुइ जनाको मृत्यु पुष्टि
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाका कारण निधन हुनेको संख्या पनि ७५ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







