पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
- साउन २५, २०७७
- 0
कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति ११:३५ बजे पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।
उनी डाइयबिटिजका बिरामी थिए। उनलाई गत १७ साउनमा संक्रमण पुष्टि भएको र आइसीयुमा राखेर उपचार भइरहेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







