पाटन अस्पतालमा दुईजना कोरोना सङ्क्रमितको मृत्यु
- साउन २३, २०७७
- 0
ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुईजना सङ्क्रमितको निधन भएको पाटन अस्पताल ललितपुरले जनाएको छ ।
अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माले साउन १९ गते भर्ना भएका दुबैजनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको जानकारी दिए ।
सप्तरी कुनौलीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेर अस्पताल भर्ना भएकोमा साउन २२ गते राति निधन भएको र डा। शर्माले बताउनुभयो । ती पुरुषलाई स्टार अस्पताल सानेपाबाट पाटन अस्पताल पुर्याइएको थियो ।
यस्तै मधुमेह र क्यान्सरबाट पीडित सर्लाहीको ४१ वर्षीय महिलाको आज बिहान निधन भएको हो । उनलाई साउन १९ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र परीक्षणका क्रममा कोरोना सङ्क्रमणको पुष्टि भएकोमा उपचारकै क्रममा निधन भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







