कोरोना संक्रमणका कारण विराटनगरमा थप २ जनाको मृत्यु
- साउन २१, २०७७
- 0
मोरङको विराटनगरमा बुधबार मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
कलेजोको गम्भीर समस्या भएका विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका पुरुष मंगलबार राति अस्पताल भर्ना भएकोमा बुधबार दिउँसो १ बजे उनको मृत्यु भएको थियो भने रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षका पुरुषको अस्पताल ल्याउने क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ६२ पुगेको छ । यद्यपी यी दुईको निधनबारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाकी छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







