काठमाडौ उपत्यकाका ६२ सहित देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि
- साउन २१, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ६२ सहित देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ ।
उपत्यकाको काठमाडौका ५७ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १३० रहेसँगै कुल डिस्चार्ज हुनेको संख्या पनि १५ हजार १५६ पुगेको छ । योसँगै निको हुनेको संख्या ७०.८ प्रतिशत पुगेको छ भने हाल सकृया संक्रमित ६ हजार १७४ जना मात्र रहेका छन ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाका कारण निधन हुनेको संख्या ६० पुगेको छ ।
कोरोनाबाट पर्सामा २ जनाको मृत्यु, सप्तरीमा मृत्यु भएका तीन जनामा संक्रमणको आशंका
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







