कोरोना संक्रमण रोकथामबारे सल्लाह लिन प्रधानमन्त्रीले स्वास्थ्य विज्ञहरुलाई बोलाए बालुवाटार
- साउन २०, २०७७
- 0
कोरोना संक्रमण रोकथामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्य विज्ञसँग छलफल गर्ने भएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ । पछिल्लो एक महिनामा सोमबार सबैभन्दा बढी संक्रमित भेटिएपछि नयाँ रणनीति बनाउन विज्ञसँग छलफल गर्न लागिएको हो ।
सरकारले संक्रमित बढी भएका स्थानमा मात्रै लकडाउन गर्ने नीति लिएको छ । कतिपय चिकित्सकहरुले काठमाडौंमा कर्फ्युसहितको लकडाउन लगाउनुपर्ने सुझाव दिइरहेकाबेला प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्न लागेका हुन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







