काठमाडौ उपत्यकाका ५१ सहित थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ ।

उपत्यकाको काठमाडौ जिल्लाका ४३ जना, ललितपुरका ३ जना र भक्तपुरका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३५८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको कुल संख्या पनि १४ हजार ९६१ पुगेको र निको हुनेको दर ७२.१ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया