सिन्धुपाल्चोक पहिरो अपडेट : मेलम्चीमा आठ र घट्टेखोलामा दुई गरी १० जनाको शव फेला
- साउन १९, २०७७
- 0
गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ ।
त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या दश पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।
पहिरोको कारण मेलम्ची बजारमा निर्माण हुँदै गरेको कभर्ड हलमा काम गर्ने मजदुर बेपत्ता भएका थिए ।
त्यस्तै, बाह्रबिसे नगरपालिका २, कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङ भिरमा पहिरो आउँदा पाँच घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशमबहादुर तामाङले जानकारी दिनुभएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







