काठमाडौ उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना संक्रमण भेटियो
- साउन १४, २०७७
- 0
पछिल्लो चौबीस घण्टामा काठमाडौ उपत्यकामा १५ सहित देशभर थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाडौंमा १४ जना र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार २७३ जना पुगेको र निको भएर घर फर्कनेहरु पनि बढेका कारण हाल ५ हजार ३६० जना सक्रिय संक्रमित मात्र बाकी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







