पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण

news-details

वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ​नारायाणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्’ उनले भने -‘ आइसोलेसनको व्यवस्थापन अझै हुन सकेको छैन, होम आइसोलेसनमा लापरबाही भयो भने परिवारमा संक्रमण फैलन सक्ने जोखिम हुन्छ ।’

अस्पतालको प्रयोगशालाका अनुसार संक्रमित मध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जको वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिश्वा, सिर्सियाका मानिसमा संक्रमण देखिएको हो । नेपाली सेनाका १ जना, ३ जना प्रहरी, ६ जना कैदीबन्दी, २ जना कारागारका कर्मचारी, १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

दुई दिन अघि वीरगञ्ज कारागारमा २२ जनाको स्वाब नमुना संकलन गरिएको थियो । कारागार भित्र रहेका दिर्घ रोगी, जेष्ठ कैदी १२ जना, अग्रपंक्तिमा रही काम गर्ने ड्राइभर, कर्मचारी, सुरक्षाकर्मी समेत २२ जनाको स्वाब नमुना संकलन गरिएको थियो ।

कैदी बन्दीमा संक्रमण देखिएपछि उनीहरुलाई कसरी राख्ने भन्ने समस्या भएको उपाध्यायको भनाइ छ । ५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना कोरोना संक्रमितलाई राखिएको छ । जसमध्ये ५ जना आइसीयुमा रहेको उपाध्यायको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया