उद्योग वाणिज्य महासंघको साधारणसभा अनिश्चितकालका लागि स्थगित
- साउन ८, २०७७
- 0
नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ । महासंघको बिहीबार सम्पन्न पदाधिकारी बैठकले निर्धारित मितिमा साधारणसभा गर्न सम्भव नभएकाले स्थगित गर्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा महासंघ सचिवालयमा बैठक बसेको थियो । बैठकमा महासंघका पूर्व अध्यक्षहरू एवं पदाधिकारीहरू पनि सहभागी थिए । सो बैठकले महासंघको ५४ औं वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
‘कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमवारको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि कुनै पनि प्रकारको सभारसम्मेलन र भेला आयोजना गर्न प्रतिवन्ध लगाएको निर्णय समेतलाई आधारमानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारणसभा सरकारले सभारसम्मेलन र भेला गर्ने स्वीकृति दिएको १५ दिनभित्र आयोजना गर्ने निर्णय भएको छ’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







