पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त

news-details

सर्वोच्च अदालतको असार १५ गतेको फैसला आदेशपछि आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् ।

डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको जानकारी दिएको छ । कारागार व्यवस्था विभागका सूचना अधिकारी देवर्षि सापकोटाले सर्वोच्च अदालतको २०७७ असार १५ गतेको फैसला आदेशपछि आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरेर पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएको जानकारी दिनुभयो ।

श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल जीवन बिताइरहेका थिए । सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेसँगै फैसला अनुसारको कैद भुक्तान गरेर कोइराला जेलमुक्त भएका हुन् । उनले २०६८ माघमा पत्नी गीताको महाराजगञ्जमा श्रीमतीको हत्या गरेर पालुङमा लगेर शव जलाएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया