लकडाउन आंशिक क्षेत्रबाहेक खुल्ला : साउन १५ गतेदेखि होटल-रेष्टुरेन्ट, भदौ १ गतेदेखि लामो दुरीको यातायात सञ्चालन हुने

news-details

सरकारले मंगलबार मध्यरातिबाट आंशिक क्षेत्रबाहेक लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन आज रातिबाट खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

यस्तै भदौ १ गतेदेखि देशभर छोटो, मझौला र लामो दुरीको यातायात जनस्वास्थ्यको शर्त पालना गरी सञ्चालन गर्न दिने तथा शैक्षिक कार्यक्रम स्वरुप विद्यालयमा विद्यार्थी भर्ना र क्याम्पसमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताए ।

यस्तै, साउन १५ गतेदेखि होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाउने र ट्राभल, टे«किङ र पर्वतारोहनको लागि बुकिगं खुल्ला हुने पनि सरकारले निर्णय गरेको छ ।

तर शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना भने अझै खोल्न नपाइने प्रवत्ता खतिवडाले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया