काठमाडौ उपत्यकामा नौ जनासहित थप १५० सङ्क्रमित भेटिए, आज एकैदिन ६०९ जना डिस्चार्ज

news-details

पछिल्लो चौबीस घण्टामा काठमाडौ उपत्यकामा ९ सहित देशभर १५० जना कोरोना संक्रमित भेटिएका छन । योसँगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौंमा ८ जना र ललितपुरमा १ जना सङक्रमित थपिएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बताएको हो ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६०९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका र हालसम्म निको भएर घर फर्कनेको संख्या १२ हजारभन्दा ४७७ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया