कोशी ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन सप्तरी र सुनसरीवासीलाई आग्रह

news-details

पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तकोशीमा पानीको बहाव निकै बढेपछि त्यसको आसपास बसोबास गर्ने नागरिकहरुलाई सर्तक रहन आग्रह गरिएको छ ।

मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९७० क्युसेक पुगेको र ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

पानीको बहाव बढेसँगै सप्तरी र सुनसरी सीमामा बस्नेहरुलाई स्थानीय प्रशासनले सतर्क रहन भनेको छ । जलस्तर बढेपछि बाँध भत्काउने र पानी ओभरफ्लो भएर बस्तीमा पस्ने खतरा हुन्छ । चतरामा पानीको सतह घटेकोले मंगलबार दिउँसोदेखि भने ब्यारेजमा पनि पानीको सतह घट्ने अनुमान गरिएको छ ।

चीनमा रहेको केरुङ च्छो ताल फुट्ने चेतावनी सँगै सुनसरी र सप्तरीमा कोशी किनारमा समेत त्रास छाएको छ । फुटेपछि भोटेकोसीमा मिसिने तालको पानी सप्तकोशी नदीमा मिसिने भएकोले यस क्षेत्रका स्थानीयमा नदी एक्कासी बढ्ने त्रास छाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया