पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

news-details

बसन्त पराजुली । लगातारको वर्षाका कारण नारायणगढ मुग्लिन सडक को ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यलय चितवनले सर्वसाधरणमा सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले राजमार्गको चार किलो र चोर खोलामा पहिरो खसेको जानकारी दिए । “यति वेला पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध छ सडक खुला गर्न दिनभरी नै समय लाग्ने हुदा यात्रुहरुले विकल्पका सडक प्रयोग गर्नु होला”, प्रजिअ भट्टराईले भने ।

नारायणग मुग्लिन सडकको पूर्ननिर्माणको काम सकिए पनि सडक माथिका पहिरो नियन्त्रणको काम भने सकिएको थिएन । सडकका विभिन्न पहिरो जोखिम क्षेत्रको ब्यवस्थापनको काम भैरहेका वेला यो पहिरो खसेको हो ।

अहिले नारायणगढ मुग्लिन सडकमा देखिएको समस्या सडक विस्तारका क्रममा काटिएका पहाडको उचित ब्यवस्थापन हुन नसकेका कारणले भएको प्राविधिकहरुले औल्याएका छन् ।

नारायणगढ मुग्लिन सडकमा ३१ वटा ठाउँमा पहिरोको जोखिम औल्याइ सडक आयोजनाले नियन्त्रणको प्रयास गरि रहेपनि थप सात ठाउँमा नयाँ पहिरो अघिल्लो वर्ष नै खसेको हो । अहिले पहिरो खसेका दुवै ठाउँमा अघिल्लो वर्ष पनि पहिरो खसेको ठाँउ हो ।

नारायणगढ मुग्लिन सडकमा गत वर्षवाटै टोपे खोला, चार किलो, जलविरे, भालुढुङ्गे लगाएतका सात ठाउँमा पहिरो झर्न शुरु गर्यो । जुन ठाउँलाई विज्ञहरुले यस अघि पहिरो झर्ने जोखिम क्षेत्रका रुपमा औल्याएका थिएनन् ।

भालु ढुङ्गा र चार किलोको पहरो नियन्त्रणको काम गत वर्ष गर्न सकिएको थिएन भने अन्य थप पाँच ठाउँमा पहिरो खस्ने समस्या देखिएपछि नियन्त्रणको काम भैरहेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया