थप १०१ जना कोरोना संक्रमित भेटिए, निको हुनेको संख्या ११ हजार ५३४ पुग्यो

news-details

पछिल्लो चौबीस घण्टामा देशभर थप १०१ जना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको कुल संख्या १७ हजार ४४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ८५ जना डिस्चार्ज भएसँगै हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ११ हजार ५३४ जना रहेको र सङ्क्रमितको निको हुने दर ६६.१२ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया