काठमाडौँमा ७ सहित थप ११६ जनामा कोरोना भेटियो, थप १ जनाको मृत्यु पुष्टि
- असार ३१, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौँमा ७ सहित देशभर ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको र सक्रिय सङ्क्रमित ६ हजार ११४ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज उपत्यकाको काठमाडौँमा ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यस्तै आज ६९७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ११ हजार २५ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४.२ प्रतिशत हाे ।
यस्तै आज थप एकजनाको कोरोना भाइरसको कारणले मृत्यु स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । रौतहटका ३६ वर्षीय पुरूषको असार ३१ गते साढे २ बजे निधन भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







