काठमाडौ उपत्यकामा ९ सहित थप १४४ मा कोरोना भेटियो, आज मात्रै १७०५ जना डिस्चार्ज

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९ सहित देशभर थप १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल सङ्क्रमितको संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौँमा ३ जना, ललितपुरमा ५ जना, भक्तपुरमा १ जना सङ्क्रमित भेटिएका मन्त्रालयले जनायो । योसँगै उपत्यकामा मात्र संक्रमितको संख्या ३५६ पुगेको छ ।

यस्तै आज १७०५ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या पनि १० हजार २९४ पुगेको छ र सक्रिय सङ्क्रमित ६ हजार ६१३ मात्र रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया